गोलभेडा र पनिरको अचार
(Tomato and Paneer Pickle)
आज हामी गोलभेडा र पनिरको अचार कसरी बनाउने भन्ने तरिका सिक्न
गईरहेका छौं – आशा छ यो तरिका पढेर तपाईले पनि गोलभेडा र पनिरको अचार
घरमा मीठो तरिकाले बनाउन सक्नुहुनेछ ।
चाहिने सामग्रीहरु :
1. गोलभेडा १ किलो
2. पनिर आधा किलो
3. प्याज, हरियो धनिया, खुर्सानि, नून, बेषार, मेथि, मसला, आवश्यकता अनुसार
तरिका :
1. पहिला गोलभेडा मसिनो गरेर काट्नुहोस धेरै मसिनो गरेर काटनुहोस ।
2. त्यसपछि पनिर लाई मसिनो चारपाटे टुक्रामा काट्नुहोस। यति धेरै पनि मसिनो नहोस कि भरे खाने
बेलमा खोज्नु परोस्।
3. त्यसपछि प्याज, धनिया र खुर्सानि पनि काट्दै गर्नुहोस्।
4. त्यसपछि एउटा कराईमा करिब २०० एम एल जति तेल तताउनुहोस । तेल मज्जाले तातेपछि त्यसमा अलिकति प्याज, मेथि र
थोरै खुर्सानि हालेर फ्राई गर्नुहोस ।
5. करिब ३ देखि ५ मिनेटको फ्राईपछि त्यहा अगि काटेको पनिर हाल्नुहोस र माथिबाट केहिले छोप्नुहोस।
6. करिब १५ मिनेट को छोपाई र त्यहि बिचमा भएको चलाई पछि त्यो यदि रातो अथवा खरिएको भएमा त्यो पाक्यो भन्ने जाने हुन्छ र त्यसलाई एउटा भाडोमा निकालेर राख्नुहोस् ।
7. अगि खालि भएको समयमा तपाईले गोलभेडा त काटिनै सक्नुभएको छ हैनत? ल अब त्यो अगि पनिर भुटेको कराईमा तेल
कतिको छ त्यो बिचार गर्नुहोस – पर्याप्त छ भने ठीकै छ नत्र छैन भने अलिकति तेल थप्नुहोस र तेल तातेपछि त्यसमा खुर्सानी, प्याज, मेथि, बेसार हालेर एकछिन चलाउनुहोस।
8.त्यसपछि त्यहा अगि काटेको गोलभेडा हालिदिनुस । केहिबेरको चलाई र छोपाई को पक्रियापछि त्यसमा माथि
खुर्सानिको धुलो, नून र मसला पनि हाल्नुहोस।
9. खुर्सानिको धुलो थोरै हाल्नुहोस! ल अब गोलभेडा पनि फत्कियो जस्तो लागेमा त्यो अगिको पनिर त्यहा खनाईदिनुस र एकछिन चलाउनुहोस… हल्का चलाउनुहोस।
10. करिब २ मिनेट को चलाई पछि त्यो तयार भयो अब त्यसमा माथिबाट टक्क
हरियो धनियाको पात छर्किनुहोस।